कहाँ छौ ईश्वर तिमी?

कहाँ छौ ईश्वर तिमी?
मन्दिरमा पनि खोजें तिमीलाई
चर्चमा पनि खोजें तिमीलाई
कहाँ पो खोजिनँ र तिमीलाई
स्वर्गमा पनि खोंजे तिमीलाई
नर्कमा पनि खोजें तिमीलाई।
झोपडीभित्र पनि खोजें तिमीलाई
भोको पेट र रित्तो भाँडो मात्र पाएँ
महलमा पनि खोजें तिमीलाई
एउटी काली केटीले भाँडा माझ्दै
भजन गुनगुनाई रहेकी पाएँ
शायद त्यो नौकरानी हुनु पर्छ
शायद त्यो तिमी हुनु पर्छ।
होइन होइन ईश्वर तिमी त मरी सकेछ्यौ
नित्सेले ठिकै भनेको रहेछ
किन कि मन्दिरमा
तिम्रो मुर्ति बनाएर पुज्दै रहेछ
चर्चमा तिम्रो फोटो राखेर
प्राथना गर्दै रहेछ
मुर्तिलाई चिमोटेर ब्यूझाउने कोसिश गरें
कतै तिमी निदाएको हौ कि भनेर
तर तिमी त कृतिम रहेछौ
तिमीलाई पुज्नेहरुको ह्रदय पनि
कृतिम रहेछ
माटोको मुर्तिलाई पुजेर
जिउँदो आत्मा कुल्चनेहरु
साँच्चै कृतिम रहेछ
स्वर्गमा ईश्वर खोज्नेहरु
स्वर्गमा प्रमेश्वर खोज्नेहरुको ह्रदय
साँच्चै कृतिम रहेछ
साँच्चै ईश्वर तिमी कहाँ छौ
तिमीलाई खोज्दा खोज्दा
आखिरमा पाएँ
मेरै अनुहार चाउरिएको
हे ईश्वर! म भ्रममा परेछु
वास्तवमा तिमी मभित्र लुकेको रहेछौ।

By: Sarman-Subba

Leave a Reply

Your email address will not be published. Required fields are marked *